तिनतहको सरकार आउँदा पनि अझै महिलाहरु सुरक्षित हुन सकेन: घिमिरे

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढीमा अन्तर्राष्ट्रिय नारी दिवस को पुर्व सन्ध्यामा आयोजित लैङ्गकि हिसां विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै दलित महिला अधिकार नेपाल कैलालीका अध्यक्ष सावित्री घिमिरेले तीन तहको सरकार आउँदा पनि अझै महिलाहरु सुरक्षित नभएको ,अंश र बशलाई समान अधिकार हुनु पर्छ, सघियता लागू भए पछि सरकारले काम गर्छ भनेर नागरिक समाजले महिला हिसां रोकथामका पैरवी न्यूनीकरण भएकाले हिसांका घट्ना बढी रहेको , महिला हिसां ,घरेलु हिसां रोक्न सरकारले आफ्नो दायित्व सम्झिदैन तव सम्म गैरसरकारी सस्थाहरुले मात्र प्रयास गरेर केही नहुने बताए ।

छलफल कार्यक्रममा बोल्दै मिलमेलाप केन्द्र सहजकर्ता शिबलाल रानाले महिला अधिकार ,महिला हिसामा काम गर्ने सघं सस्थाहरु सहर केन्द्रित हुदा ग्रामीण क्षेत्रका महिलाहरु अझै आफ्नो अधिकार के हो भन्ने थाहा पाएका छैन , जब सम्म गाउँ केन्द्रित हुदैन तब सम्म हिसांका घट्ना न्यूनीकरण हुदैन बताए।

कार्यक्रममा बोल्दै महिला मानवअधिकारकर्मी सपना भण्डारीले गाउँमा अशिक्षित बर्गहरु, गरिबीको रेखामुनी रहेका समाजमा बढी महिला हिसांका घट्ना हुने भएकाले गाउँका ,ग्रामीण क्षेत्रमा अधिकारकर्मीहरु , भल्मन्सा , बुद्धिजीवी , धार्मिक सस्थाहरु लाई महिला अधिकार , वडा स्तरमा जनचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

छलफलमा बोल्दै पत्रकार उन्नती चौधरीले महिलाहरुलाई जब सम्म स्वालम्बी बनाइदैन , आर्थिक रुपमा सबल बनाउनु पर्छ , बालबालिका लागू औसत दुर्ब्यासनीमा फस्दै गएको , यस्लाइ रोक्न निगरानी समुहलाइ अझै सशक्त बनाउनु पर्नेमा जोड दिए ,
ओरेक नेपालका गिता चौधरीले हिसामा परेका महिलाहरुलाइ सुरक्षित सेभ हाउस को ब्यबस्था , निशुल्क कानुनी सेवा , घटना भए पछि हुने परिस्थिति बाट कसरि बच्ने भन्ने जस्ता कुराहरु गराउन ,जनचेतना जगाउनु पर्ने बताए ।

लैङ्गकि हिसां विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल कार्यक्रम

दलित महिला अधिकार नेपाल कैलालिले गरेको थियो भने
कार्यक्रम माथी प्रकाश अभिलासा भण्डारी दलित महिला अधिकार नेपाल कार्यक्रम सयोजकले पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर क्षेत्रमा डिजे आतंक, प्रहरी प्रशासन मुख दर्शक, स्थानीयलाई सास्ती

टीकापुर/कैलालीको टीकापुर लगायत विभिन्न क्षेत्रमा डिजे आतंक बढेको छ ।रातिकाे समयमा विवाह, जन्मदिन, पास्नि लगायतका नाममा बजाइने डिजे लगायतका सबैखाले बाजा बजाउदा स्थानीयलाई सास्ती भएको

अझै पढ्नुहोस्
पर्यटन

कैलालीमा कोरोना पछि होमस्टेकाे प्रचलन बढ्दाे

जमुना न्युरे,सुखड/ कैलालीका ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको छुट्टै

अझै पढ्नुहोस्
समाचार

मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा

अझै पढ्नुहोस्
कला-साहित्य

बाआमा म र छोरो ! (कविता)

पुष्पराज जोशी ‘पुकार’ (मट्कौना, कैलाली) ——- म सानो छँदासहर छिर्ने बेलामारातो रंगमा चामलसँगै दही मुछीमेरी आमाले निधारमा लगाउँदै गर्दाबाआमाका आँखा रसाएका थिए,आमाले भावुक बन्दैसाडीको सप्कोले

अझै पढ्नुहोस्