डा. केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / डा. गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छ्न । डा. केसीले सोमबार साँझबाट धनगढीमा सत्याग्रह सुरु गरेका हुन । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दिएको समयसीमामा मागहरु पूरा नभएकोले सत्याग्रह सुरु गरेको बताए ।

उनले भने सरकारलाई माग सम्बोधन गर्न दिएको समयसीमा सकियो,सरकारबाट कुनै प्रतिक्रिया आएन त्यसैले सत्याग्रह सुरु गरे । केसीले आफ्ना माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए ।

मेडिकल शिक्षाको सुधारका लागि डा.केसीले ६ बुँदे माग अघि सारेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने र चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न डा.केसीले माग गरेका छन ।

प्रधानमन्त्री देउवाले माग पूरा गर्ने आश्वासनम मात्रै दिए माग पूरा गरेनन् त्यसैले प्रधानमन्त्री देउवाकै क्षेत्र धनगढीमा सत्याग्रह गर्न आए उनले भने । स्वास्थ्य क्षेत्रका समस्यामा सरकार गम्भीर नभएको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

उज्यालो सहकारीकाे अध्यक्षमा डम्मर घर्तिमगर निर्विरोध चयन, करिब ८ लाख नाफा कमाउन सफल

सत्ति / टीकापुर नगरपालिका ७ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाकाे १५ ओै साधारण सभाले अध्यक्षमा डम्मर घर्तीमगरलाई निर्विरोध चयन गरेको छ । शुक्रबार सहकारीको

अझै पढ्नुहोस्
समाचार

घाइतेको घाउमा स्थानीयकाे आर्थिक सहयाेगले मलमपट्टि

टीकापुर/केैलालीकाे टीकापुर नगरपालिका वडा नं. १ व्यवसायक्षेत्रका दिनेश बटाला मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । घाइते बटलाकाे घरकाे आर्थिक अवस्था कम्जोर भएका कारण

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट कार्यक्रम

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा

अझै पढ्नुहोस्
समाचार

खप्तडमा लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार

धनगढी/ खप्तड घुम्न गएका बेला लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार गरिएको छ। लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश

अझै पढ्नुहोस्