डब्लुएचआरको अधिवेशन तथा चौंथौ वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/मानव अधिकारका लागि महिला एकल महिला समुह (डब्लुएचआर) कैलालीका दोस्रो जिल्ला अधिवेशन तथा चौथो वार्षिक साधारणसभा कार्यक्रम विहिबार धनगढीमा सम्पन्न भएको छ ।


मानव अधिकारका लागि महिला एकल महिला समुहका प्रदेश अध्यक्ष भगवती हमालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मानबहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो ।


मानवअधिकार आयोगले एकल महिलाको लागि सदैव काम गरी रहेको र वहाँहरुको हक अधिकारका लागि सहभागिता जनाउन तयार रहेको बताउनु भयो । उहाँले सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रमका विशिष्ट अतिथि डब्लुएचआरका सल्लाहकार तथा फाया नेपालका अध्यक्ष गोमा आचार्य पहिले एकल महिला भनेर कसैले नबोलाउने गरेपनि अहिले सबैले बोलाउन लागेको बताउनु भयो ।
कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समुहका प्रदेश उपाध्यक्ष शान्ती महत महिलालाई छोरी मान्छे भएर जन्म लिएदेखि विभेद सुरु हुने बताए ।


कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समुहका कोषाध्यक्ष मीना भण्डारी आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुहसे २०८२ सालमे १८ लाख ८२ हजार बराबरको विभिन्न योजना संचालन गरेको बताउनु भयो ।


मानव अधिकारका लागि महिला एकल महिला समुहका प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थी संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


यस वर्ष सस्थाबाट ८० जानलाई मनोपरामर्श तथा ८० जान हिंसा पीडितलाई न्याय दिलाएको बताउनु भयो । संस्थाबाट एकल महिला सवालमा सशक्तिकरण, वकालत तथा पैरवी गर्दै आएको छ भने ६५ वटा समुह विस्तार गरि ३ हजार ९९५ जान एकल महिला सदस्यको तथ्यांक राख्न सफल रहेको छ । विपन्न एकल महिला तथा सीमान्तकृत संमहिलाका छोरी र टुहुरा बाल बालिका १६० जान छात्राहरुलाई छात्रवृत्ति वितरण गर्न सफल भएको छ ।


सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा कैलालीमा भर १४ जानलाई प्रदान गरेको छ । त्यसै गरी अन्तराष्टिय दिवस जस्तै एकल महिला दिवस, महिला श्रमीक दिवस, विश्व शान्ती दिवस १६ दिने महिला हिंसा विरुद्धको अभियान दिवस, वेपत्ता दिवस लगाएत विभिन्न कार्यक्रम सरोकारवालासंग समन्वय गरी मनाउदै आएको बताउनु भयो ।


त्यसै गरी संस्थाको दोस्रो जिल्ला अधिवेशनबाट मनोदरी भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा धना कुमारी ओझा, सचिवमा लक्ष्मी चौधरी कोषाध्यक्षमा वेद अवस्थी, सहसचिवमा विमला देवल रहेका छन ।


त्यसै करके सदस्यमा हेमाकुमारी कोराला, तुल्सा जोशी, कञ्चनमाया योञ्जन तामाङ, चोहिया चौधरी, सविता चौधरी रहेका छन । त्यसै गरी सल्लाहकारमा गोमा आचार्य रहनु भएको छ । कार्यक्रममा समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्