टीकापुर ८ मा रातिकाे समयमा डिजे लगायतका बाजा बजाउन राेक

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ रातिकाे समय डिजे लगायतका सबैखाले बाजा बजाउन नपाउने भएको छ ।

शुक्रबार राति चक्कु प्रहार गरि हत्या गरिएको स्थानमा स्थानीय बासिन्दाहरुलाइ सम्बाेधन गर्नुहुदै टीकापुर ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले डिजे लगायतका सबै खाले बाजा रातिकाे समय बजाउन नपाइने उद्घघाेष गर्नुभएको छ ।

पछिल्लो समय रातिकाे समयमा विवाह,जन्मदिन लगायत विभिन्न उत्सवमा रमाइलोकाे नामा गरिने कार्यक्रममा विभिन्न खाले अपराधिक घटनाहरु घट्न थालेपछि डिजे बाजा बजाउन राेक लगाउन लागेको वडा अध्यक्ष ठकुल्लाले बताउनुभयो ।

वडा अध्यक्ष ठकुल्लाले सर्वदलीय, सर्वपक्षीय लगायत सराेकारवालाहरुकाे बैठकबाट निर्णय गरि रातिको समयमा डिजे लगायतका बाजा बजाउन राेक लगाइने बताउनुभयो ।

रातिकाे समय डिजे बजाएर रमाइलो गर्ने अवस्थामा शुक्रबार राति मात्र टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटी बस्ने लोक बहादुर साउदको १८ वर्षको छाेरा अनुप साउदकाे चक्कु प्रहार गरि हत्या गरिएकाे घटनले स्थानीय समेत त्रसित बनेका छन् । त्यसैले पनि रातिकाे समय गरिने सबैखाले कार्यक्रमहरुमा राेक लगाउन जरुरि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निर्माणाधिन घर भत्कायो वन कार्यलयले

सुखड/घोडाघोडी नगरपालिका वडा २ साडेपानिको जङ्गपुरमा रहेको मोहन्याल सामुदायिक वन उपभोक्ता समुहको परिषमा बन्दै गरेको निर्माणधिन घर आज वन कार्यलयले बल पुर्बक भत्काएको छ ।

अझै पढ्नुहोस्
राजनीति

जानकी १ मा नागरिक उन्मुक्ति पार्टीकाे कार्यालय उद्घाटन, ज.स.पा.का सचिवालय सदस्यले पार्टी प्रवेश

जानकी/ जानकी गाउँपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन गरिएको छ । बुधबार नागरिक उन्मुक्ति पार्टीको कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले

अझै पढ्नुहोस्
समाचार

प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिका स्थानियले आज नगरपालिका घेराउ गर्दै तालाबन्दि

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ४ का स्थानिय आन्दोलित भएका छन । माघी होम स्टे सिम्थरी देखि सिताकुण्ड मन्दिर गैडा खेडा सम्मको बाटो पिच,चर्को रोयल्टि नियन्त्रण,टेङ्गना नदि

अझै पढ्नुहोस्