टीकापुर ८ मा काङ्ग्रेस गठबन्धनकाे विपक्षमा,एक्लै चुनाव लड्न सक्षम भएको दावि

शेयेर गर्नुहोस

टीकापुर/सत्ता साझेदार पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरे संगै स्थानीय स्तरमा नै खैलाभैला सुरु भएको छ । गठबन्धन भए पार्टीका कार्यकर्तामा एक किसिमको वितृष्णा उत्पन्न हुन सक्ने भन्दै गठबन्धनको बिराेध हुन थालेको छ ।

यसै क्रममा टीकापुर नगरपालिका वडा नं. ८ मा नेपाली काङ्ग्रेस वडा कार्य समितिले वडा नं. ८ मा गठबन्धन नगर्न अनुराेध पत्र बुझाएको छ । बैषाख ३ गते शनिबार वडा सभापति टीकाराम चाैधरीकाे हस्ताक्षर भएको पत्र टीकापुर नगर कार्य समितिलाई पठाएको छ ।

पत्रमा टीकापुर ८ मा अरु पार्टी भन्दा नेपाली काङ्ग्रेस तुलनात्मक रुपमा बलियो भएकाले स्थानीय निर्वाचनमा एक्लै काङ्ग्रेसको उमेदवारकाे जित सुनिश्चित भएकोले गठबन्धन नगरेर जान अनुराेध गरिएको छ । पत्रमा भनिएको छ पार्टी कार्यकर्ताकाे मर्म र इच्छा विपरीत गठबन्धन गरे मनाेवल खस्किनुका साथै पार्टी कम्जाेर हुने भएकाले वडामा गठबन्धन नगरि दिनहुन पार्टीलाई आग्रह गरिएको छ ।

वडा कार्य समितिले नगर कार्य समितिलाई लेखेकाे पत्रकाे बाेधार्थ क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति र जिल्ला कार्य समितिलाई समेत पठाएको छ ।

पछिल्लो पटक गठबन्धनको हल्ला चलिरहदा स्थानीय स्तरमा नेता तथा कार्य कर्तामा एक किसिमको वितृष्णा उत्पन्न भएको छ भने गठबन्धनका विरुद्धमा मतदान गर्ने खालका स्थानीय स्तरमा चर्चा परिचर्चा भएको पाइन्छ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विभेद र छुवाछुत अन्त्य गर्न सबै एक हुनुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली /सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जातीय विभेद र छुवाछुत अन्त्य गर्न सबै एक हुनुपर्ने बताएका छन् । राष्ट्रिय दलित आयोगले पाँचौँ वार्षिक प्रतिवेदन बुझ्दै

अझै पढ्नुहोस्
पर्यटन

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आमपानी झरना

जमुना न्युरे/मोहन्याल गाउँपालिका वडा ७ मा रहेको बर्गदा सामुदायिक वन भित्र रहेको आमपानी झरना पछिल्लो समय पर्यटक रोजाइ बनेको छ । आमपानी झरना कैलाली जिल्लाको

अझै पढ्नुहोस्