टीकापुर स्थित जालपा देवी मन्दिरमा सप्ताह ज्ञान महायज्ञ हुने

शेयेर गर्नुहोस

टीकापुर / टीकापुर नगरपालिका वडा नं. १ ब्लक न. १७ स्थित श्री जालपा देवि मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
माण्डब्य बंशियसंग सम्बन्धित जालपा देवी मन्दिर परिसरमा महायज्ञ हुने भएको हो । यही कार्तिक १५ गतेबाट हुने महायज्ञ आगामि २१ गते एक हप्तासम्म संचालन हुने जालपा जागरण समाज टीकापुरका अध्यक्ष तारा प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्तिक १५ गते बिहान ११ बजे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कार्तिक १५ गते बिहान ७ बजे दिव्य, भव्य कलश शोभा यात्रा हुने भएको समेत अध्यक्ष अधिकारी ले बताउनुभयो । अधिकारीले प्रत्येक दिन बिहान ५ बजेबाट ७ बजेसम्म योग साधना, ८ बजेदेखि ११ बजेसम्म पुजापाठ, हवन लगायत हुने समेत अधिकारीले जानकारी गराउनु भयो ।

यस्तै प्रत्येक दिन दिउसो ११ बजेदेखि ४ बजेसम्म संगीतमय भागवत प्रवचन हुने समेत उहाँले बताउनुभयो । यस कार्यक्रममा विवाह, ब्रतिबन्ध, ग्रहशान्ति, लक्षवर्ति, तुलादान, भूमिदान जस्ता अनुष्ठानहरु हुने समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
यस महायज्ञमा दानवीरहरुलाई सम्मान कार्यक्रम रहेको समेत उहाले जानकारी दिनुभयो । जालपा जागरण समाजका अध्यक्ष अधिकारीले दिनुभएको जानकारी अनुसार महायज्ञको ८० प्रतिशत व्यवस्थापन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

पौराणिक कला संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा

धनगढी, ११ मंसीर । कैलालीको गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमा छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु

अझै पढ्नुहोस्
Highlights

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले लिए सेवा

जमुना न्युरे ,गुलरिया/कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१

अझै पढ्नुहोस्
समाचार

घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगर क्षेत्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गरिने : नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगर क्षेत्रभित्र रहेका खुल्ला क्षेत्र, चोक, चौराह, सार्वजनिक, प्रति ऐलानी जग्गा, ताल तलैया लगायतका सार्वजनिक जग्गामा निर्माण गरिएका

अझै पढ्नुहोस्