TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

टीकापुर घटनामा मारिएका बालक टेक बहादुरको सालीक स्थापना

शेयेर गर्नुहोस

कैलालीस्थित टीकापुर घटनाको आठ वर्ष पूरा भएको छ। जिल्लाको टीकापुरमा थरुहट–थारुवार आन्दोलनका क्रममा भएको हिँसात्मक घटनाको आठ वर्ष पूरा भएको हो। २०७२ भदौ ७ गते थरुहट–थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। झडप हुँदा गोली लागेर एक नाबालिगको मृत्यु भएको थियो भने, आठ जना प्रहरी मारिएका थिए। गोली लागेर मृत्यु भएका टेकबहादुर साउँदको मृत्यु भएको थियो। उनको आज सालिक अनावरण गरिएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा स्थापना गरिएको टेकबहादुरको सालिक अनावरण गरिएको हो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्।

सालिक अनावरणपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन्। स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताएका छन। उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो। उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ। मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो। तर, उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ। उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए। मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन्, सालिक ल्याउन नलगाउनुस्।’

त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको आरोप लगाएका छन्। उनले भने, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो। दुभाग्र्यपूर्ण घटना घट्यो। आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो। संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो। असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो। त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे। टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ।’

उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन्। टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको तर्क चौधरीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महिला संघकी अध्यक्ष भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी/नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् । उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन्

अझै पढ्नुहोस्