टीकापुरमा निस्सा हातमा पाउँदा स्थानीय खुसि, बाँकि वडामा पनि सुरु हुन्छ:- नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेपछि स्थानीयले खुसी भएका छन् ।


नगरपालिकाले मंसिर १२ गते देखि वडा नं. ६ बाट निस्सा वितरणको काम सुरु गरेपछि निस्सा हातमा पाउँदा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिहरु खुसि भएका हुन । टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेकाे छ ।


मंसिर १२ गते मंगलबार भर्तापुर र भगवानपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण गरिएको छ भने मंसिर १३ गते बेलुवाबाेझि र आम्वासा गाउँ, मंसिर १४ गते प्रसेनी, पानीमुला र ओखरपुर गाउँ, त्यसै गरि मंसिर १५ गते नारायणपुर र मिलनपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे छ । मंसिर १७ गते लछिनापुर र स्रिमेनी तथा मंसिर १८ गते छुटफुट रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे वडा अध्यक्ष बलिराम चाैधरीले जानकारी दिनुभयो । उहाँले निस्सा लिन आउदा स्वंयम सम्बन्धित व्यक्तिले सक्कल नेपाली नागरिकता प्रमाण पत्र लिएर आउनु पर्ने बताउनुभयो ।


नगरपालिकाले केही दिनमा अरु बांँकि वडाहरुमा समेत भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुर गर्ने नगर प्रमुख रामलाल डगाैरा थारुले जानकारी दिनुभयो । नगर प्रमुख थारुले निस्सा वितरणको काम सम्पन्न भए लगत्तै जग्गा नापजाँचकाे काम सुरु गरि समयमै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पर्यटकका नाममा बजेट ,सिमित व्यक्ति राखेर पर्यटन महोत्सव गर्ने कार्यमा संसदिय समितिको कडाई, अब मुख्यमन्त्रीनै मुल आयोजक समितिको संयोजक हुने

धनगढी– सुदूरपश्चिम सरकारको लगानीमा आयोजना हुन लागेको पर्यटन महोत्सवमा संसदिय समितिले सरकारको कार्यक्रम बनाउन भनेपछि अनिश्चित बनेको छ ।मन्त्रालय र केही होटल तथा पर्यटन व्यवसायीहरुलाई

अझै पढ्नुहोस्
समाचार

किसानलाई धान काट्नाकाे चटाराे, पानी पर्ने डरले चिन्तित

टीकापुर/ टीकापुर लगायत देशका विभिन्न क्षेत्रमा कृषकलाई धान काट्नाकाे चटाराे छ ।यस बर्ष समयमै धान पाकेपछि किसानहरुलाइ दशै लगत्तै धान काट्नाकाे चटारो भएको हाे ।

अझै पढ्नुहोस्
समाचार

टीकापुर ७ मा दशै मिलन तथा साँस्कृतिक कार्यक्रम

टीकापुर/टीकापुर ७, बेलुवा स्थित बेलुवामा दशै मिलन तथा संस्कृतिक कार्यक्रम गरिएको छ । वडा नम्बर ७ स्थित बेलुवा किसान समुहको आयोजनामा भएको दशैं मिलन तथा

अझै पढ्नुहोस्
समाचार

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा

अझै पढ्नुहोस्