टीकापुरमा निस्सा हातमा पाउँदा स्थानीय खुसि, बाँकि वडामा पनि सुरु हुन्छ:- नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेपछि स्थानीयले खुसी भएका छन् ।


नगरपालिकाले मंसिर १२ गते देखि वडा नं. ६ बाट निस्सा वितरणको काम सुरु गरेपछि निस्सा हातमा पाउँदा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिहरु खुसि भएका हुन । टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेकाे छ ।


मंसिर १२ गते मंगलबार भर्तापुर र भगवानपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण गरिएको छ भने मंसिर १३ गते बेलुवाबाेझि र आम्वासा गाउँ, मंसिर १४ गते प्रसेनी, पानीमुला र ओखरपुर गाउँ, त्यसै गरि मंसिर १५ गते नारायणपुर र मिलनपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे छ । मंसिर १७ गते लछिनापुर र स्रिमेनी तथा मंसिर १८ गते छुटफुट रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे वडा अध्यक्ष बलिराम चाैधरीले जानकारी दिनुभयो । उहाँले निस्सा लिन आउदा स्वंयम सम्बन्धित व्यक्तिले सक्कल नेपाली नागरिकता प्रमाण पत्र लिएर आउनु पर्ने बताउनुभयो ।


नगरपालिकाले केही दिनमा अरु बांँकि वडाहरुमा समेत भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुर गर्ने नगर प्रमुख रामलाल डगाैरा थारुले जानकारी दिनुभयो । नगर प्रमुख थारुले निस्सा वितरणको काम सम्पन्न भए लगत्तै जग्गा नापजाँचकाे काम सुरु गरि समयमै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली सा .ब को साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १३ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको जानकी-३ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । शुक्रबार कैलालीको जानकी गाउँ

अझै पढ्नुहोस्