टीकापुरबाट खैरो हेरोईन सहित तीन जना प्रहरीद्वारा पक्राउ

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुर न.पा.८ श्रीलंका स्थित सत्तीबाट राजापुर जाने बाटो छेउबाट ११० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला बर्दिया,राजापुर न.पा. १० बस्ने बर्ष २६ को सुवास गौतमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।


यसै गरि,जिल्ला कैलाली, जानकी गाउँपालिका वडा नं. ७ मख्री स्थित मख्री देखि रामपुर जोड्ने ग्राबिल सडक खण्डबाट ३०० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २० को विनायाक चौधरी र बर्ष २० को बिक्रम ओडलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !