जोशिपुर गाउँमा अजिङ्गर फेला

शेयेर गर्नुहोस


सुखड/कैलालीका जोशीपुर गाउँपालिका वडा नं ३ भिटरैया स्थित हरियाली सामुदायीक वन नजिकै गाउँमा आईतबार अजिङ्गर फेला परेको छ। करीब ६ मिटर लामो २५ केजी बराबर तौल भएको वयस्क अजिङ्गर बर्खाको समयमा नदीमा बाढी आउने हुँदा पानीमा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ।

स्थनीय यूवा तथा उक्त सामुदायिक बनका अध्यक्ष राहुल बुढाका अनुसार अघिल्लो दिन अजिङ्गरले १०/१२ किलो बराबरको समेट बाख्रा समेत खाएको थियो।

बन भित्र अजिंगरहरु छन् तर यति ठुलो अजिङ्गर सामुदायीक वनमा अहिले सम्म पत्ता लागेको थिएन, बर्खाको समयमा प्रायः  हरेक बर्ष माथिबाट बग्दै आएको हुन सक्ने स्थानीयहरुले बताए।
अजिङ्गर फेला पर्न साथ रेस्क्यूका लागि स्थानियहरुले सब डिभिजन बन कार्यालय भजनीलाई जानकारी गराएका हुन।

सब डिभीजन बन कार्यालय बाट महेश चाैधरी सहितको टोली, सामुदायिक बनका अध्यक्ष्य राहुल बुढा, गाउँका बडघर कलेशराम डगौरा, स्थानिय महिला आशारानी डगौरा लगायत स्थानियहरुको सहयोगमा उक्त अजिङ्गरलाई उद्धार गरी सुरक्षीत बासस्थानमा लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीलाई सास्ती

दिपक बहादुर विक ,टीकापुर / कैलालीस्थित इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीहरूले सास्ति बेहोर्ने परेको उप-सचिव चिरञ्जीवी रानाले जानकारी दिएका छन्। नयाँ भाैतिक संरचना भएकता पनि

अझै पढ्नुहोस्
समाचार

बन्दले टीकापुर लगायत सुदूरपश्चिमको जनजीवन प्रभावित

टीकापुर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव टीकापुर लगायतका सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरुमा परेको छ । सुदूरपश्चिम प्रदेशका मुख्य शहरका

अझै पढ्नुहोस्
समाचार

टीकापुर सरोकार समुहको दशै मिलन तथा सम्बाद कार्यक्रम

टीकापुर/ टीकापुर सरोकार समुहले साेमबार दशै मिलन तथा सम्बाद कार्यक्रम गरेकाे छ । सुदुर पश्चिम प्रदेश सभाका कङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल लगाएत

अझै पढ्नुहोस्
समाचार

सिमाक्षेत्रबाट चाेरी तस्करी बढ्याे, सत्ती भन्सारकाे राजस्व संकलनमा कमि

मान बहादुर ठकुल्लाकैलाली , टीकापुर / कैलालीको सिमा क्षेत्रमा चाेरि तस्करी घटना बढे संगै भन्सार कार्यालयकाे राजस्व संकलनमा दिन प्रतिदिन कमि आएको छ ।कैलालीका विभिन्न

अझै पढ्नुहोस्