सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियले गरे सडक अवरुद्ध

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ स्थित सिम्थरी माघि सडक अवरुद्ध भएको छ । वडा न ४ स्थित माघि,गैडाखेडा र रामपुरका स्थानियले कालोपत्रे गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका छन ।

वडा न ४ मा रहेको टेङना खोलाबाट ढुंगा,गिट्टी,बालुवा निकासिका लागि दैनिक २५,३० ओटा ट्रयाक्टर उज्यालो नहुदै जाने गरेको बताउदै गैडाखेडाका भलमन्सा बिर बहादरु चौधरी भन्छन, सडक कालोपत्रे नगरे सम्म ढुंगा,बालुवा उठाउनका लागि ट्रयाक्टर जान दिदैनौ ।
धुलोका कारण स्वास्थ्यलाई समेत असर पर्ने हुनाले सडक अवरुद्ध गरेको टेङना सामुदायिक बनका अध्यक्ष मान सिं बडाल बताउछन । धुलोका कारण दैनिकि जिवन कष्टकर त हुन्छ नै टेङना खोलाको कटानले बस्ती र खेतियोग्य जमिन समेत कटान भईरहेको अध्यक्ष बडालले बताए ।


टेङना खोलाबाट श्री स्थान निर्माण सेवाले ढुंगा,गिट्टी,बालुवा निकासि गर्ने गरेको छ । बर्षेनी डेड करोड बराबरको ढुंगा,गिट्टी,बालुवा निकासि गर्ने गरे पनि सडक मर्मत तर्फ कुनै चासो नदिएको स्थानिय मिन बहादुर केसी बताउछन । नगरपालिकाले पनि सडक कालोपत्रे तर्फ चासो नदिएको स्थानियको आरोप छ ।


२०७४ सालमा उक्त सडक बर्षेनि २ किलोमिटरका दरले कालोपत्रे गर्ने गरि टेण्डर भए पनि हाल सम्म १८ सय मिटर मात्रै भएको माघि होमस्टेका अध्यक्ष सिताराम चौधरीको भनाई छ । सडकका कारण होम स्टेमा आउने पर्यटकलाई पनि समस्या पर्ने गरेको उनको भनाई छ । यता उक्त कम्पनिका प्रतिनिधि धनन्जय कडायतले बाटो मर्मत गर्ने कार्य आफ्नो नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अझै खुलेन धनगढी –१८ को वडा कार्यलयको तालाबन्दी

जमुना न्युरे,धनगढी/कैलाली धनगढी उप–महा नगरपालिका वडा नम्बर–१८को वडा कार्यलयमा भएको तालाबन्दी चार दिन बितिसक्दा समेत खुलेको छैन् । वडा कार्यलयले राजनितिक पुर्वाग्राही राखी ज्यालादारी कर्मचारीलाई

अझै पढ्नुहोस्
समाचार

पदम प्रकाशेश्वर मन्दिरलाई शाहले गरे अक्षयकोष स्थापनामा सहयोग

मोहित श्रीपाइली,सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित पदम प्रकाशेश्वर महादेव मन्दिरका लागि अक्षयकोष स्थापना भएको छ ।पुरातात्त्विक सम्पदा श्रेणी ग मा सुचिकृत

अझै पढ्नुहोस्
Highlights

वनको धेरै विषय दलको कब्जामा छ तर विभागलाई दोष दिइन्छ ;देवशमणी त्रिपाठिको अन्तर्वार्ता

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिँदा ४ वर्षमा सक्ने गरि सम्झौता भएको थियो। २०७४ मा सम्झौता भए पनि अहिलेसम्म एक तिहाइ कामसमेत फत्ते हुन

अझै पढ्नुहोस्
पर्यटन

अतिक्रमण हटाएको ठाउँमा वृक्षारोपण कार्य सम्पन्न

जमुना न्युरे ,सुखड/ कैलाली जिल्लाको घोडाघोडी नगर पालिका वडा न २र ३ मा पर्ने मोहन्याल सामुदायिक बनमा सब डिभिजन बन साडेपानी र स्थानीय उपभोक्ता हरुले

अझै पढ्नुहोस्