छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै

शेयेर गर्नुहोस

फूलवारी । धनगढी उपमहानगरपालिका वडा न. १४,१८ र १९ अर्थात् साबिकको फूलवारी गाबिसका छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा हाम्रो गौशाला फूलवारिले धनगढी १८ तुलसिबारिमा निर्माण गरेको गौशालामा आज छाडा चौपायाको व्यवस्थापन गरिन लागिएको हो ।

गौशालाको निर्माण कार्य, दाना , पराल र घासको व्यवस्थापन पछि आज साबिकको फूलवारी क्षेत्रमा रहेका छाडा चौपाया को व्यवस्थापन गरिन लागिएको हाम्रो गौशाला फूलवारिका सचीव यादव भण्डारीले बताए । उनले आज  बिहिवार फूलवारिमा रहेका करिब ३ सय छाडा चौपायालाई गौशालामा राखिने लक्ष्य रहेको बताए । उनले भने , आज हामी सबै राख्ने प्रयास गर्छौ । भोलिबाट सडकमा  चौपाया भेटिएमा सम्बन्धित टोल समिती र वडा कार्यालयले भेटिएका चौपाया छाडा नै हुन् भनेर प्रमाणित गरेमात्र गौशालामा राख्छौ ।

जति भेट्यो त्यति गौशालामा राख्दै गएमा घरपालुवा चौपाया छोड्ने क्रम बन्द नहुने भएकाले आज भेटिएका सबै चौपायालाई व्यवस्थापन गरिने तर भोलिबाट टोल समिती र वडाले प्रमाणित गरेपछि मात्र गौशालामा व्यवस्थापन गरिने सचीव भण्डारीले जानकारी दिए ।

गौशालामा चौपायाको हेरचाहको लागि ४ जना कर्मचारी राखिएको छ । भने दाना र घाँस पराल सहयोग स्वरुप माग्ने र किन्ने प्रक्रिया जारी रहेको बताइएको छ ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Рабочие зеркала казино Вавада где найти 2026

Где найти рабочие зеркала Вавада казино 2026 Для доступа к онлайн-платформе рекомендуется использовать специализированные ссылки, которые обеспечивают стабильное соединение. Основными источниками информации о рабочем адресе

अझै पढ्नुहोस्