TRENDING
Discover the Exciting Globe of Free Cent Slot Machine Online
Next
Prev

चैतन्य पाठशालाले नेपाल पत्रकार महासघं कैलाली लाई सामग्री सहयोग

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घलाई सामग्री सहयोग गरेको छ ।


चैतन्यले सरस्वती पूजाको अवसर पारेर महासङ्घलाई दुई थान कम्प्युटर, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले महासङ्घका अध्यक्ष श्रवण देउवालाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।


सो अवसरमा मन्त्री खड्काले शिक्षा र संस्कारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चैतन्य पाठशालाले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम गर्दैआएको भन्दै प्रशंसा गरेका थिए ।
चैतन्यले सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै महासङ्घका अध्यक्ष देउवाले केही दिनभित्र महासङ्घले सूचना केन्द्र स्थापना गर्ने बताए । कार्यक्रममा चैतन्य पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशी, प्रिन्सिपल कटकबहादुर सिंहलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Discover the Exciting Globe of Free Cent Slot Machine Online

The Ultimate Guide to iBet Verovapaa: The Expert Online Betting Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

परशुराम साहित्य महोत्सव २०८१’ सुरु

धनगढी/डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ सुरु भएको छ । धाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो । साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको

अझै पढ्नुहोस्
समाचार

जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु,डाक्टरले लापरबाही गरेको आफन्तको आरोप, अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन

धनगढी /धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार

अझै पढ्नुहोस्