घोडाघोडी लवाङी पुजा तथा महोत्सव पत्रकार सम्मेलन

शेयेर गर्नुहोस

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ ।

“थारु भाषा कला धर्म सस्कृतीको करि सम्मान, घोरिघोरा धार्मिक पर्यटकिय स्थल हो चिन्हैना हमार अभियान “भन्ने मुल नाराका साथ घोरिघोरा लवाङी पुजा तथा थारु सास्कृती महोत्सव २०८० हुने भएको छ ।

थारु समुदायले आफुले उव्जाय अन्नबाली आफुले उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक बर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङी पुजा गर्ने २०६३ साल देखि निरन्तर रुपमा गर्दै आयका छन् ।

घोडाघोडी सन्त समागम समाज को घोडाघोडीको आयोजना घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा कार्य समिति घोडाघोडी वडा न १ घोडाघोडी को सहकार्य हुने लवाङी पुजा तथा थारु महोत्सव यहि मङ्सिर २९ देखि पौष १ गते सम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए ।
महोत्सव आयोजक मुल समितिका सयोजक चन्द्र बहादुर चौधरीले पत्रकारहरु सङ कुरा गर्दै महोत्सवको उदेश्य , कार्यक्रम माथी प्रकाश पार्दै भने थारु समुदायले हरेक बर्ष आफुहरुले अन्नबाली घरमा बित्र्याय पछि आफ्नो परम्परा अनुसार देबिदेवतालाइ चढाउने अनि आफुहरुले खाने , लवाङी पुजा गर्दा आफ्नो धर्म सस्कृती , चाडपर्वहरु सङै कला सस्कृती जोगाउने उदेश्यले हरेक बर्ष लवाङी पुजा गरिन्छ लवाङी पुजाका लागि कैलाली ,कंचनपुर , बर्दिया ,बाके र दाङ बाट समेत आउने गरेका छन् ।
लवाङ्गी पुजालाइ ब्यबस्थित गर्दै थारु समुदायको कला सास्कृती लाई आउने पुस्ता सम्म जोगाइ राख्न थारु महोत्सव गरिने बताए । थारु समुदाय मा रहेको बर्का नाच , सखिया नाछ , मुग्रहुवा नाछ , कठघोरी नाच ,लगायत नाच देखाइने साथै स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरुको पस्तुती रहेने समेत जानकारी दिए।

तेस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा नगर अध्यक्ष बाधुराम चौधरीले घोडाघोडीमा हुने लवाङ्गि पुजामा १ सय ७३ गाउँका भल्मन्सा , गुरुवा , चिराकी , आउने भएकाले यस्लाइ ब्यबस्थित बनाउदै रमाइलो मेला पनि राखिने बताए । घोडाघोडी ताल बिश्व रामसार सुचिमा रहेको ताल हो हामिहरुले यसको सरक्षण ,सदुपयोग गर्दै बिश्वब्यापी प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको महोत्सवको उदघाटन सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने र सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी , कृषि मन्त्री रामेस्वर चौधरी पनि उपस्थिति रहेने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार धनराज (अविरल) युरोपको माल्टामा सम्मानित

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाद्धारा पत्रकार धनराज विक (अविरल) सम्मानित भएका छन् । नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी

अझै पढ्नुहोस्
समाचार

बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या

 मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा बौराहा खोलामा आएको बाढी र कौवा

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह दिवस अन्तरगत अन्तरक्रिया कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम गरि रहेको छ ।स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल

अझै पढ्नुहोस्
समाचार

पुरानै मन्त्रालय कायम राख्ने :मुख्यमन्त्री सोडारी

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते

अझै पढ्नुहोस्