घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु

शेयेर गर्नुहोस


सुखड/कैलालीको घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु हुने भएको छ । यही जेठ १३ देखी २६ गते सम्म आई पी भी खोप अभियान सुरु हुन लागेको हो । पालिका भरीका ५ वर्ष मुनिका ४ हजार ६ सय २९ जना बालबालिका लाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

२०७३ वैशाख देखि २०७५ असोज सम्म आई पी भी खोप लगाउन छुटेका बालबालिकाहरू लाई पोलियो रोग लाग्ने उच्च जोखिम हुँदा रोगबाट सुरक्षित गराउन खोप अभियान सञ्चालन भइरहेको हो । पोलियो उन्मुलन भएका दक्षिण एसियाका देशहरूमा पोलियो रोगबाट पूर्ण रूपमा सुरक्षित हुन आई.पी. भी खोप अनिवार्य भएको चिकित्सकहरूले बताएका छन् ।

यस खोप अभियान लाई प्रभावकारी बनाउन आई.पी. भी खोप लगाउने उमेर समूहका अधिकांश बालबालिकाहरू विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरू राखिने छन् । त्यस्तै विद्यालय नजाने बालबालिकाहरूले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्नेछन् । विद्यालयमा समेत खोप लगाउन छुटेका बालबालिकाले स्थानीय स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउन सक्ने छन् ।

खोप अभावका कारण २०७३ साल वैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकाहरूले आई.पी.भी खोप लिन जरुरी रहेको स्वास्थ्य शाखाका प्रमुख कैलाश रावतले जानकारी दिए । आई.पी.भी खोप अभियान २०८१ सफल पार्न बुधवार सरोकारवालाहरूको उपस्थितिमा नगरपालिकामा कार्यक्रम भएको थियो ।

ताजा खबर

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

The Best Live Dealer Roulette Online USA: A Comprehensive Guide

Jugabet Login Error Codes: What Each One Means

Comprehending Free ESA Letters For Professionals

Jogo da Roleta Brasileira: Tudo o que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !