घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु

शेयेर गर्नुहोस


सुखड/कैलालीको घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु हुने भएको छ । यही जेठ १३ देखी २६ गते सम्म आई पी भी खोप अभियान सुरु हुन लागेको हो । पालिका भरीका ५ वर्ष मुनिका ४ हजार ६ सय २९ जना बालबालिका लाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

२०७३ वैशाख देखि २०७५ असोज सम्म आई पी भी खोप लगाउन छुटेका बालबालिकाहरू लाई पोलियो रोग लाग्ने उच्च जोखिम हुँदा रोगबाट सुरक्षित गराउन खोप अभियान सञ्चालन भइरहेको हो । पोलियो उन्मुलन भएका दक्षिण एसियाका देशहरूमा पोलियो रोगबाट पूर्ण रूपमा सुरक्षित हुन आई.पी. भी खोप अनिवार्य भएको चिकित्सकहरूले बताएका छन् ।

यस खोप अभियान लाई प्रभावकारी बनाउन आई.पी. भी खोप लगाउने उमेर समूहका अधिकांश बालबालिकाहरू विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरू राखिने छन् । त्यस्तै विद्यालय नजाने बालबालिकाहरूले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्नेछन् । विद्यालयमा समेत खोप लगाउन छुटेका बालबालिकाले स्थानीय स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउन सक्ने छन् ।

खोप अभावका कारण २०७३ साल वैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकाहरूले आई.पी.भी खोप लिन जरुरी रहेको स्वास्थ्य शाखाका प्रमुख कैलाश रावतले जानकारी दिए । आई.पी.भी खोप अभियान २०८१ सफल पार्न बुधवार सरोकारवालाहरूको उपस्थितिमा नगरपालिकामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ । शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक

अझै पढ्नुहोस्
राजनीति

टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता

अझै पढ्नुहोस्
स्थानीय सरकार

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा

अझै पढ्नुहोस्
राजनीति

परराष्ट्र मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा

अझै पढ्नुहोस्