जमुना न्युरे,
सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेसरमाले ताल ढाकियको छ ।
कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) एक कार्यक्रमका भब्य र धुमधाम का साथ घोषणा गरियो । तर घोडाघोडी तालको पानी र तालको अवस्था बारेमा कसैको नजर पुगेको छैन ।
घोडाघोडी तालका साह्ययक तालहरु २० वटाको त कुरा छौडौ यहाँ मुख्य रुपमा रहेको घोडाघोडी ताल नै मिचाहा प्रजाती पुरिनु का साथै पानी सुकेर गौचरण मा परिणत हुँदै छ ।
घोडाघोडी तालको उत्तर क्षेत्र को बाड्का सिराहा , छोड्की सिराहा , छोट्कि छिङट्लिया ,लम्कि कोन्ढिया, र पुर्बी क्षेत्र पनि पानी सुक्दै आइरहेको छ । घोडाघोडी तालकै नाम बेचेर खाएका स्थानीय निकायको बृहत् घोडाघोडी पर्यटन बोर्ड , जेड एस एल, घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मन्च नेपाल , हिमाली नेचर लगायतका सघं सस्थाहरुले काम गर्दै आयका छन् तर पनि घोडाघोडी तालको अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रती कसैलाइ चिन्ता र चासो भने छैन ।
बृहत घोडाघोडी पर्यटन बोर्डले पाँच बर्ष गुरुयोजना बनाउदै मा दिन गयको बताउछन् । यता बृहत घोडाघोडी पर्यटन बिकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीलाई यश बारेमा सोध्न खोज्दा बोल्न चाहेन ।
घोडाघोडी जनजागरण मन्चका अध्यक्ष हेम बमले भने पछिल्लो समयमा कोरोनाको महामारीले पर्यटन र बाताबरण क्षेत्रमा बजेट निकासा भएको छैन । बजेट नहुदा मिचाहा प्रजाती हटाउन संगै ताल सरक्षण र सदुपयोग का कार्यक्रम गर्न नसकेको बताउदै उनले भने अब कुनै निकाए बाट आर्थिक सहयोग पायमा बेस्रम हटाउने छौ ।
हिमाली नेचरका कार्यक्रम अधिकृत लब केसिले घोडाघोडी ताल सरक्षण तथा आर्यआर्जनका काम र प्राबिधिक कार्यहरु गरियको बताए ।ताल पुरैदै गयको बारेमा उनले घोडाघोडी नगरपालिकाले घोडाघोडी बिकासका लागि दस बर्से गुरुयोजना बनायको अब त्यही अनुरुप कार्य गरिने दाबी समेत गरे । त्रिवेणि सामुदायिक बन उपभोक्ता समुह जनकपुर अध्यक्ष भिममाया तामाङले घोडाघोडी ताल क्षेत्रमा बर्सेनि करोडको बजेट आयको हुन्छ , बृहत घोडाघोडी पर्यटन बोर्डले कार्यक्रम गर्दै आयको बताए पनि घोडाघोडीमा पुर्वाधार मात्र निर्माण गरियको छ ।
पानी र मिचाह प्रजाती बेस्रम ताललाइ ढाकियको , पुरियको प्रती चासो नदेखायको , रकम पनि पार्दशिकता नगेरको बताए । तालमा मुख्य भनेको पानी हो त्यो नै नभय पछि त्यहाका चराचुरुङ्गी , जैविक विबिधता सरक्षण मा असर गर्ने , अन्तरराष्ट्रिय महत्व बोकेको ताल यसरी मिचाहा प्रजाती हटाउन समयमा नै सबैले लाग्नु पर्ने बताए । स्थानीय बासिन्दा धनऋषी न्यौपाने भन्छन् घोडाघोडी ताल रहेमा पो अन्य कार्यक्रम गर्न सकियला तालै मिचाहा प्रजातिले ढाकेको र ताल को उतरी क्षेत्र बाट पानी सुकेर फुटबल खेल्ने चउर जस्तो देखियको छ यसरी ताल सुक्दा र मिहाचा प्रजातिले भरिदा घोडाघोडि पर्यटन बोर्ड भने ठुला ठुला सपना बाड्दै भत्ता , भात र अन्य बिलासी मा बर्सेनि लाखौ रुपैया खर्च गर्दै छ ।बोर्ड ले तालको पानीको मुहान सरक्षण र तालमा आयको मिचाहा प्रजाती हटाउन , स्थानीय सामुदायिक बनहरु सङ्ग कुनै सहकार्य गरेको छैन ।