घोडाघोडी क्षेत्र संरक्षणका लागि सामुदायिक वनहरु संग अन्तरक्रिया

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा घोडाघोडी क्षेत्र सरक्षणका लागि सामुदायिक वनहरु सङ्ग अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले अहिले स्थानिय तह र सामुदायिक वन बिच स्वामित्वको बिषयलाइ लिएर बिबाद भइरहेको बताए ।उनले भने,स्थानीय तहले आफ्नो मातहत हो भन्न मिल्दैन तर सामुदायिक वन सङ्ग समन्वय सहकार्य गरेर सरक्षणका कार्यक्रम गर्न पाइन्छ ।

उनले वन सरक्षण , ब्यबस्थापन जस्ता कार्यक्रम नियमित रुपमा गरि रहेको बताए । कार्यक्रममा बोल्दै त्रिबेणि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिममाया तामाङ्गले सामुदायिक बनमा अहिले काम गर्न सक्ने अवस्था नरहेको बताइन ।

कार्यक्रममा सहभागिहरुले सामुदायिक बनमा चोरीसिकारी बढ्दै जानुका साथै आगलागी , डढेलो बढ्दै गएको बताए । उनी हरुले यसको रोकथामको लागि समूह सग आर्थिक तथा प्राबिधिक स्रोत नभएको पनि गुनासो गरे ।

कार्यक्रममा सामुदायिक बनहरुको विगत र वर्तमान अवस्था, कार्यालय सञ्चालन व्यवस्थापन, बन हेरालुको अवस्था
, चोरी शिकारी वन पैदावार, वन्यजन्तु, माछा, चरा लगायत अन्य , सामुदायिक वनहरुको विद्यान र कार्ययोजना कार्यान्वयन, घोडाघोडी क्षेत्र संरक्षणमा सामुदायिक वनको भूमिका विगत र वर्तमान , घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चमा आवद्धता र नविकरण विषयमा जानकारी एवम् अनुरोध, सामुदायिक बनमा देखिएका समस्या र चुनौतिका विषयहरुमा छलफल गरिएको छ ।

कार्यक्रमका बिछ केही दिन अगाडि बिधुत सर्ट भएर आगो लागि घर जलेका घोडाघोडी नगरपालिका वडा १ बेलारका उत्तम बोहरालाई राहत स्वरुप नगद प्रदान गरिएको थियो ।

घोडाघोडी क्षेत्र सरक्षण तथा जन जागरण मन्च नेपालले १० हजार रकम प्रदान गरेको हो । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्चका अध्यक्ष हेम बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिब हरि सापकोटाल्र गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एक दिने अभिमुखिकरण तालिम सम्पन्न

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी

अझै पढ्नुहोस्
समाचार

‘बुढीपोल्ली’ लिएर आए खेम बतास

काठमाडौं : खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी

अझै पढ्नुहोस्
समाचार

चराहरुको रोजाइमा नकरोड ताल

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको साहयक ताल नकरोड ताल चराहरुको रोजाइमा पर्न थालेको छ ।

अझै पढ्नुहोस्
घटना

टीकापुरमा खुकुरी प्रहार गरि हत्या गर्ने साउँद प्रहरीकाे फन्दामा

टीकापुर/ टीकापुरमा प्रहरीले खुकुरी प्रहार गरि हत्या गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटी बस्ने लोक बहादुर साउदको १८

अझै पढ्नुहोस्