घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

शेयेर गर्नुहोस

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण संरक्षण” भन्ने मूल नाराका साथ माघी सङ्क्रान्ति तीर्थ मेला २०८१ हुन लागेको हो । बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

बुट्का बाबा मन्दिरमा लाग्ने माघी सङ्क्रान्ति तीर्थ मेला पुस २९ गते देखी माघ ४ गते सम्म सञ्चालन हुने बताइएको छ । ५ दिन सम्म चल्ने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारु संस्कृति झल्कने परम्परागत नृत्य, भेष भूषा तथा खानाको प्रदर्शन गरिने बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिका संयोजक राम बहादुर चौधरीले जानकारी दिएका छन् ।

स्थानीय कला संस्कृतिकका साथै नौटङ्की नाच समेत रहेको आयोजकले जानकारी दिएको छ । २०२१ मा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती बसेसँगै बुट्का बाबाको पूजाआजा र मेला लगाउँदै आएको स्थानीय जान्ने बुझ्नेको भनाइ छ । बुटका बाबा मेला भर्नका लागि कैलाली जिल्ला लगायत बर्दिया, दाङ, कञ्चनपुरबाट समेत हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलिया लगायतका ठाउँबाट भारतीय नागरिक आउने गरेका छन् ।

वर्षौँ पहिलेदेखि बुट्का बाबा मन्दिरमा लाग्ने मेलाले थारु जातिको छुट्टै धार्मिक र सांस्कृतिक पहिचान बोकेको बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिका संयोजक राम बहादुर चौधरीले बताए । बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासको भनाइ छ ।

थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान् शिवले ध्यान गरेको हुनाले सो धार्मिक स्थलको नाम बुट्का बाबा रहन गएको स्थानीयको भनाइ छ । वर्षमा एक पटक लाग्ने मेलाले स्थानीयवासीको आयआर्जन समेत हुने गरेको छ । गाउँको बिचमा रहेको उक्त तीर्थस्थलमा टाढाबाट समेत व्यापारका लागि व्यापारीहरू आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

SpinSamba Casino – Hra na štěstí se změnami regulací

Winspark-Casino – Neue Online-Spielautomaten und Tischspiele für Spaß oder Gewinn

Yako Casino Online Gaming Experience Options and Benefits Review

Best Gambling Establishments Approving Neteller

Máquinas tragamonedas de juego de azar y finanzas: ClicCredito préstamos en línea México

La Experiencia de Casinos en Línea con Klar App préstamos en línea

सम्बन्धितखवर

छुटाउनु भयो कि !

По какой причине мы часто ощущаем возбуждение перед неизвестными занятиями

По какой причине мы часто ощущаем возбуждение перед неизвестными занятиями Каждый личность как минимум раз в бытии переживал уникальное беспокойство перед стартом свежего проекта, познанием

अझै पढ्नुहोस्