खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा कैफियत

शेयेर गर्नुहोस

धनगढी । खाद्य तथा दानालगायत विभिन्न वस्तुको मापदण्ड एवं गुणस्तर जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रयोगशालाको मापदण्डमै कैफियत देखिएको छ । भौतिक संरचना अभावका कारण सो कार्यालयले प्रयोगमा ल्याएको प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सञ्चालन हुन नसकेको पाइएको छ । पर्याप्त ठाउँ नभएका कारण मापदण्ड पूरा नगरी अव्यवस्थित तरिकाले प्रयोगशाला सञ्चालन गरेको पाइएको छ ।

खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहोराले कार्यालयमा संरचनाका लागि ठाउँको अभाव रहेकाले एउटै कोठाबाट जसोतसो प्रयोगशाला सञ्चालन गरेको बताए । उनले यो अन्तर्राष्ट्रिय मापदण्ड पुगेको प्रयोगशाला नभएको बताए ।

गुण नियन्त्रण कार्यालयले खाद्य तथा दानाको नमुना विश्लेषण, अनुज्ञापत्र जारी, नवीकरण, सिफारिस गर्नेलगायत कार्य गर्दै आएको छ । बजार तथा होटेल, रेस्टुरेन्ट अनुगमनमा पनि सो कार्यालयको महत्त्वपूर्ण भूमिका छ । बजारबाट सङ्कलन भएका खाद्य तथा दानाका नमुनालाई प्रयोगशालामा परीक्षण गरेर खानयोग्य भए÷नभएको विश्लेषणको काम हुने गर्छ तर व्यवस्थित प्रयोगशालाको अभावमा धेरै चुनौती रहेको अधिकृत बोहोराको भनाइ छ ।

सो कार्यालयको पुरानो भवन जीर्ण भइसकेको जनाइएको छ । नयाँ भवन निर्माण र प्रयोगशालाका लागि बजेट माग गरिएको थियो । चालु आर्थिक वर्षमा बजेट आए पनि जग्गा अभाव देखिएको जनाइएको छ । उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको पाँच कट्ठा जग्गा रहेको थियो । त्यसमध्ये मन्त्री निवास निर्माणका लागि आधा जग्गा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रयोग गरिरहेको छ ।

गुण नियन्त्रण कार्यालयको कार्यक्षेत्र बढ्दै गए पनि दरबन्दी अनुसार दक्ष जनशक्तिको अभाव देखिएको छ । ३५ जना कर्मचारीको स्वीकृत दरबन्दी भए पनि चार जना कर्मचारीको दरबन्दी अझै रिक्त रहेको छ । दुई जना खाद्य अनुसन्धान अधिकृत र दुई जना नायब सुब्बाको दरबन्दी रिक्त रहेको छ । पछिल्लो समय यो कार्यालयले डोटी, डडेलधुरालगायत पहाडी जिल्लामा डिभिजन कार्यालय विस्तार गरेर सेवा प्रवाह गरिरहेको जनाइएको

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

डोटिमा क्यामेरा ट्रयाप बिधीबाट बन्यजन्तुको अनुगमन कार्य सुरु

जमुना न्युरे ,बुडर/ डोटि जिल्लाको जोरायल गाउँपालिका वडा २ बुडरमा महाभारत प्रर्वत क्षृङखला मा क्यामेरा ट्रयाप बिधिबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम आज बाट

अझै पढ्नुहोस्