कोरानाको महामारिले पछि परेको होमस्टे माथी उकास्न लाग्छु : मन्त्री धामी

शेयेर गर्नुहोस


सुखड /होमस्टे स्वरोजगारका लागि राम्रो पाटो रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन ।

तिहार तथा छठ पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ माघिमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्रि धामिले होमस्टे मार्फत स्वरोजगार प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको बताए । कैलालीको माघि होमस्टे चर्चामा रहेको होमस्टे हो उनले भने,कोरोनाको समयमा पछाडि परेको होमस्टेको अवस्था अझै सुधार हुन सकेको छैन यसलाई राम्रो अवस्थामा फर्काउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ ।

मन्त्रि धामिले जनप्रतिनिधिले पर्यटनको श्रोतहरुको पहिचान गरि प्रत्यक्ष रुपमा जनप्रतिनिभिध जोडिनुपर्ने बताए । घोडाघोडीमा पर्यटनका धेरै श्रोतहरु रहेको बताउदै उनले भने, जंगलका श्रोतहरुको पनि पहिचान गर्नुपर्छ श्रोत पहिचान गरि व्यवस्थापन गरे करोडौ आम्दानि गर्न सकिन्छ । गाउ गाउमा स्वरोजगारका लागि प्रदेश सरकार लागि परेको बताउदै उनी भन्छन,घोडाघोडी बासिले यस क्षेत्रको बिकासका लागि जे भन्छन हामि गर्न तयार छौ ।


कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य बिरभान चौधरीले घोडाघोडीमा बन्ने सडक सञ्जालहरुको धेरै योजनाहरु प्रदेश सरकारले रोकेको बताए । उनले भने, घोडाघोडीमा सडकहरु बिस्तार हुने योजना थिए ति सबै रोकिएका छन यसका लागि स्थानिय सरकारले घच्घच्याउनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद खुशिराम चौधरीले जहाँ बिकास भएको हुदैन त्याहाबाट बिकासको सुरुवात गर्नुपर्ने बताए । घोडाघोडी नगरपालिका सुगम मानिए पनि अझै यहाको बिकास हुन सकेको छैन उनले भने, बिकासका काम गर्दा पनि निर्माण कार्यहरुमा बाधा अवरोधहरु आउने गर्दछन ।


कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीले सुदुरपश्चिमलाई विश्वमा चिनाएको बताए । बसन्ता कोरीडोर घोडाघोडीमा छ विश्वलाई चिनाउने भएपनि यस क्षेत्रको भने समृद्धि र बिकास हुन नसकेको नगर प्रमुख रावतले बताए । २०७८ फागुन २७ गते घोडाघोडीलाई चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको बताउदै उनले भने, घोषणा भइसकेपछि एक पटक पनि प्रदेश सरकार फर्के आएको छैन घोषणा घोषणामै सिमित भएको छ ।


अर्को प्रसंगमा बोल्दै रावतले भने,कन्द्रा नदिले बर्षेनि ठुलो कटान गर्दै आईरहेको छ वन क्षेत्र मासिदै गएको छ यसका लागि पनि गुरु योजना बनाएर ३ ओटै सरकार अघि बढ्नका लाग प्रस्ताव अघि सार्दछु । हरेका बर्ष कुनै न कुनै वहानामा वन क्षेत्र मासिदै गएको बताउदै उनले भने,घोडाघोडीको उत्तरमा भावर छ त्यसको माथि चुरे छ त्यसलाई जोडेर संरक्षण गर्न आवश्यक छ ।
कार्यक्रममा वडा न ४ का अध्यक्ष भरत बहादुर शाहि,नेकपा माओबादि घोडाघोडी नगर कमिटिका अध्यक्ष खगेन्द्र हमाल लगायतले बोलेका थिए ।


माघि होमस्टे,सुन्दर सामुदायिक वन, कल्पबृक्ष सामुदायिक बनको संयुक्त आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा मगर नाच,थारु नाच प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका बिच माघि होमस्टेका अध्यक्ष सिताराम चौधरीले होमस्टेको प्रबद्र्धन तथा बिकासमा सहयोग पुर्याउनका लागि वन मन्त्रालयले आवश्यक पहल गरिदिने आग्रह सहित मन्त्रिलाई ज्ञापन पत्र बुझाएका थिए । यसैबिच सुन्दर सामुदायिक बनले पनि मन्त्रि धामिलाई ज्ञापन पत्र बुझाएको थियो ।
कल्पबृक्ष सामुदायिक बनका अध्यक्ष प्रेम कैनिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन माघि होमस्टेका सचिब महेश चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् ।  ३२१ मत प्राप्त गरेर अध्यक्षमा

अझै पढ्नुहोस्
समाचार

नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने

टीकापुर/ टीकापुरस्थित नेपाल बैंक लिमिटेडले टीकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने भएको छ । बैंक र नगरपालिकाबिच नगरपालिकाका स्थायी कर्मचारीलाई विना धितो १५ लाख

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

निजामती कर्मचारी द्वरा सरकारी सेवा ठप्प पार्ने चेतावनी

जमुना न्युरे, धनगढी / धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला

अझै पढ्नुहोस्
समाचार

लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ८ मा लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण गरिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ को आयोजना तथा राजमार्ग सञ्चारिका महिला

अझै पढ्नुहोस्