कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु

शेयेर गर्नुहोस

धनगढी/कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । यस अघी भारतिय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ । नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन शुरु गरेको हो । सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ९ बङ्गग्राकटान स्थित ७४९/१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो । एक औपचारिक कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल नम्बर ७ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपाने, धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी, वडा नम्बर १० का अध्यक्ष शिव कुमार राना लगायत भारतिय सिमा शुरक्षा बलका प्रतिनिधी सहितको उपस्थितीमा सशस्त्र प्रहरीले सिमा स्तम्भमा रङरोगन शुरु गरेको हो । उपस्थित अतिथीहरुले पिल्लरमा रिबन काट्नुका साथै रङ लगाएर स्तम्भ मर्मत तथा रङरोगन कार्यको सुभारम्भ गरेका हुन् ।

कञ्चनपुरमा भने पुनर्वास नगरपालिकाको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको सशस्त्र प्रहरी नायब महानिरिक्षक न्यौपानेले बताए । बिजोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गरिसकेको छ उनले भने “कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नम्बर ३५ गण मुख्यालय र कैलालीमा नम्बर ३४ गणले सिमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने छ ।” कैलालीमा रहेका १ सय ३ वटा सिमा स्तम्भ सशस्त्र प्रहरी कैलाली नम्बर ३४ गणले मर्मत तथा रङरोगन गर्ने उनले बताए । कञ्चनपुरका ६६ सिमा स्तम्भ सशस्त्र प्रहरीको ३५ नम्बर गण कञ्चनपुरले मर्मत तथा रङरोगन गर्ने न्यौपानेले बताए । सिमामा रहेका स्तम्भहरु मर्मत तथा रङरोगनको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएपछि झन गुणस्तरिय काम हुने स्थानिय प्रशासनले अपेक्षा लिएको छ । सिमामा रहेका नेपाली स्तम्भहरुको मर्मत सम्भार र रङरोगनले स्तम्भहरु बारे स्पस्ट जानकारी समेत हुने बताइएको छ । सिमा स्तम्भ रङरोगन संगै सशस्त्र प्रहरीले सिमामा हुने चोरी तस्करी र अपराधिक क्रियाकलाप समेत नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

धनगढी , ६ पौष /कैलाली जिल्लाको मानव अधिकार वर्ष पुस्तक प्रकाशन समीक्षा सम्पन्न भएको छ । विगत लामो समयदेखि इन्सेक कार्यलयले अर्धवार्षिक र बार्षिक रुपमा

अझै पढ्नुहोस्
समाचार

५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश दवाब मुलक र्‍याली सहित सम्पन्न

धनगढी/धनगढी उपमहानगर पालिकामा ५९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश मार्च २१को सन्दर्भको अवसरमा दवाब मुलक र्‍याली निकालिएको छ । आत्मसात ,समानता र सामाजिक न्याय सहितको

अझै पढ्नुहोस्