कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने

शेयेर गर्नुहोस

धनगढीः कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको छ। एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। 

सन्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भोलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताएका छन्।

आज गेटामा पत्रकार सम्मेलन गरेर भोलिदेखि अस्पताल सञ्चालनमा आउने उनले बताएका हुन्। साथै गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको उनले बताए। अस्पताल सञ्चालनमा ल्याउने अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।

कात्तिक १ गतेदेखि गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउनेछ। साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।

अस्पताल सञ्चालन तथा सेवा सुरु गर्ने विषयमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, वडाअध्यक्षहरु लगायत सरोकारवाला निकायले अस्पतालको अवलोकन र निरीक्षण समेत गरेका छन्।

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाटै सहज रुपमा उपचार सेवा पाउने भएका छन्। गेटा अस्पतालमा क्रमिक रुपमा बेड संख्यासंगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाइएको छ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

धनगढी/धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको

अझै पढ्नुहोस्