TRENDING
Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview
Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game
Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting
Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts
Next
Prev

कांग्रेस मुख्यालयमा एआई बहस: देउवाले भने- डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक

शेयेर गर्नुहोस

काठमाडौं । मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसलाई धेरैले ‘पुरानो ढर्राको पार्टी’ भनेर चर्चा गर्छन्। तर, यही कांग्रेसले अब कृत्रिम बुद्धिमत्ता (एआई) जस्तो अत्याधुनिक विषयलाई केन्द्रमा राखेर केन्द्रीय कार्यालयमै विशेष छलफलको आयोजना गरेर प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिएको छ।


‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता: एक समग्र दृष्टिकोण’ शीर्षकसहितको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा एआईको सदुपयोग, सम्भाव्यता, नीति निर्माण र उत्तरदायी नेतृत्वबारे गहन विमर्श गरिएको छ। कार्यक्रमको उद्घाटन नै एआईको प्रयोगमार्फत् गरियो ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोवाइलमा एआई फङ्सन क्लिक गरेर बत्तीबाली कार्यक्रमको औपचारिक शुभारम्भ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ।”


उनले थपे, “नेपाली कांग्रेस सधैं नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ। अब जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको छ।”
कांग्रेस प्रविधि विभागकी संयोजक सुशीला मिश्राले कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्दै भनिन्, “हामीले तमाम युगहरू पार गरिसकेका छौं। अब एआई हाम्रो विकास यात्राको सशक्त सहयात्री हुन सक्छ। तर यसका जोखिमहरूलाई समेत ध्यानमा राख्दै रणनीतिक नीति निर्माण अनिवार्य छ।”


एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे। उनले भने, “बिजुली बत्तीलाई पनि एक समय विनाशकारी शक्तिको रूपमा हेरिएको थियो। अहिले एआईप्रति पनि त्यस्तै डर फैलिएको छ। तर छिमेकी भारतले यस क्षेत्रमा गरिरहेका प्रगतिशील कामहरूबाट हामीले सिक्न सक्छौं।”


उनले डेटा इकोसिस्टम, पूर्वाधार, ऊर्जा, एल्गोरिदम, नवप्रवर्तन, जनशक्ति निर्माण र स्पष्ट नीतिगत सोचमार्फत नेपालले पनि आफ्नै एआई खाका तयार गर्न सक्ने धारणा राखे।
कार्यक्रमको विशेष आकर्षण थियो — डिजिटल नेपालको विकास यात्राबारे तयार गरिएको भिडियो प्रस्तुति। जसमा नेपालले प्रविधिको क्षेत्रमा हालसम्म प्राप्त गरेका उपलब्धीबारे चर्चा गरिएको थियो । त्यसपछि ‘के नेपाल एआईका लागि तयार छ? नैतिक र समावेशी नेतृत्वका आधार निर्माण कसरी गर्न सकिन्छ?’ भन्ने शीर्षकमा गरिएको प्यानल छलफलले कार्यक्रममा गहिराइ थप्यो।


छलफल सत्रमा टुटलका संस्थापक इञ्जिनियर शिक्षित भट्टले नेपालमा एआईको पूर्वाधार, नीतिगत तयारी र अवसरहरूको समग्र मूल्याङ्कन रिपोर्टबारे जानकारी गराए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्राध्यापक डा. सुदन झा, ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी दिपेश विष्ट, डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना महर्जनले एआई केवल प्रविधि मात्र बुझ्न नहुने धारणा राखे । यसका लागि राजनीतिक तहबाट स्पष्ट सोच र दीर्घकालीन दृष्टिकोण आवश्यक भएको विज्ञहरुले बताए।


प्यानल सेसनको अध्यक्षता गरेका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भने, “एआई विकासको दिशा अनिवार्य हुँदै गएको छ। तर यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठूलो छ। कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार छ।”


नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको विभागले आगामी दिनमा यसबारे थप अध्ययन, छलफल र नीतिगत हस्तक्षेपका कार्यक्रमहरू सञ्चालन गर्ने संयोजक मिश्रले जानकारी गराएकी छन् ।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल मन्त्र बोकेको कांग्रेस अब प्रविधिमैत्री राजनीतिक अभ्यासमार्फत आधुनिक, समावेशी र उत्तरदायी नेपाल निर्माणको यात्रामा होमिएकोसमेत उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview

Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game

Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting

Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts

Free Casino Site Slot Gamings for Enjoyable: Appreciate the Thrills without Investing a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пошаговое руководство: как получить и использовать приветственный бонус Pinco

Пошаговое руководство: как получить и использовать приветственный бонус Pinco В данной статье мы рассмотрим, как получить и эффективно использовать приветственный бонус, предоставляемый онлайн-сервисом Pinco. Мы

अझै पढ्नुहोस्
समाचार

दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ ः परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बताए। दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै

अझै पढ्नुहोस्

Вавада промокод на бездепозитный бонус

Вавада промокод бездепозитного бонуса 2026 Вавада промокод на бездепозитный бонус Чтобы воспользоваться привлекательницей, ознакомьтесь с условиями, которые могут и существенно увеличить ваш игорный баланс. Можете

अझै पढ्नुहोस्