TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

ओझेलमा नायल ताल 

शेयेर गर्नुहोस

धनगढी/चुरे पर्वतको टाकुरामा रहेको प्राचीन नायल ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा रहेको नायल तालले पर्यटनको अथाह सम्भावना बोकेको भए पनि यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारको अभावमा गुमनाम जस्तै बनेको हो । 

पूर्वपश्चिम महेन्द्र राजमार्गबाट करिब १ घण्टाको सवारी यात्रामा पुग्न सकिने नायल तालले प्रदेशकै पर्यटनको सम्भावना बोकेको छ । चुरे पहाडको चुचुरोमा करिब ३ हेक्टर क्षेत्रफलमा फैलिएको सम्भवतः यो देशकै एक मात्र ताल हो । चारैतिर पहाड र हरियाली, ढकमक्क लालीगुराँस, चराको चिरबिर ध्वनि र शान्त एकान्त मनोरम दृश्य यो तालको विशेषता हो । 

यो तालको प्रवर्द्धन गरि पर्यटन विकास गर्ने सके यो क्षेत्र मात्र नभई प्रदेशकै विकासमा सघाउ पुग्ने देखिन्छ । सरकारले यस तर्फ ध्यान दिन सके रोजगार सृजना, उत्पादन खपत तथा जडीबुटी निर्यातमा समेत सहज हुने अवस्था छ । 

“ताल राम्रो छ । आन्तरिक पर्यटन कहिले काहीँ आउनु पनि हुन्छ तर तालको संरक्षण हुन सकेको छैन । डाँडाबाट आउने पानीले ताल पुरिने जोखिम छ । यसका लागि नाला निर्माण, आरसिसी सहितको बाध निर्माण र सडकको स्तर उन्नति मात्रै हुने हो भने यो ठाउँको मुहार फेरिने थियो ।” स्थानीय हरिदत्त जोशीले भने । 

असम्भव जस्तै लाग्ने चुरेको टाकुरामा ३ हेक्टर क्षेत्रफलमा फैलिएको ताल जोकोहीका लागि नयाँ त लाग्छ नै स्थानीयका अनुसार यस क्षेत्रमा रहेको दैविक शक्तिका कारण पनि प्रख्यात हुने र धार्मिक पर्यटकहरू बढ्न सक्ने अर्को सम्भावना समेत देखिन्छ । जानकारहरूका अनुसार यस क्षेत्रमा घण्टेश्वर, दोगटी, नन्नै र मसानी देवताहरूको बास छ । शुद्ध मनले भाकल गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कार्यबिधी नआउँदा लाखौं मुल्यका वन मै कुहिने भए काठ

धनगढी/वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना नयुरे,धनगढी/कैलालको धनगढीका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्याल कैलालीले , धनगढीले विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो। केहिदिन

अझै पढ्नुहोस्