एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

शेयेर गर्नुहोस

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार सम्मेलन को आयोजना गरि एमाले प्रदेश अध्यक्ष दामोदर भन्डारीले जानकारी दिए ।

अधिबेशन को लागी धनगढीस्थित सौराई पार्टी प्यालेस झकिझकाउ पारिएको छ। अधिबेशन को आइतबार एक कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने भन्डारीले बताए ।

यस्तै अधिबेशनलाई पार्टी महासचिव शंकर पोखरेल, संगठन बिभाग प्रमुख काशिनाथ अधिकारी ,केन्द्रिय सचिब लेखराज भट्ट , अर्का सचिब एबम सुदुरपश्चिम इन्चार्ज छबिलाल बिस्वकर्मा लगाएतका नेताहरुले सम्बोधन गर्ने छन् ।

अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधि धनगढी आउने क्रम जारी छ।दुई दिनसम्म चल्ने अधिवेशनमा ५३ हजार बढी संगठित सदस्यले चुनेको ६ सय ७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।

अधिवेशनले आगामी नयाँ नेतृत्व चयन गर्ने छ। प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्।अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र बचन सिंह आकांक्षी देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ७ मा प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको बेलुवामा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ बेलुवामा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्
समाचार

धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

धनगढी/धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको

अझै पढ्नुहोस्
समाचार

विकासको पर्खाइमा छ घोडाघोडी ,उधोग पर्यटन वन तथा वातावरण मन्त्री धामि

सुखड ,कैलाली /विश्व रामसार क्षेत्रका सुचिकृत कैलालीको घोडाघोडी ताल बिकासको पर्खाईमा रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन ।

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

टीकापुर/ पतञ्जली योग नगरसमिती टीकापुरले टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । नगर समितीका अध्यक्ष बाशुदेव बजगाईको अध्यक्षतामा भएको

अझै पढ्नुहोस्