एनआरएन द्वारा धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण

शेयेर गर्नुहोस

कैलाली – गैर आवासीय नेपाली संघ (एनआरएन) ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ ।

६० लाख रुपैया मुल्यको उक्त बस एनआरएनका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र रेडक्रसका सभापति उत्तम जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।

नेपाल बाहिर रहेका नेपालीहरुले संकलन गरेको रकमबाट उक्त बस खरिद गरि हस्तान्तरण गरेको एनआरएनका अध्यक्ष पन्तले बताए । उनले चितवन पछि दोश्रो बस कैलालीलाई उपलब्ध गराएको बताउदै यसले रगत संकलनमा सहयोग पुर्‍याउने बताए ।

एनआरएनले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष पन्तले रगत संकलन बसको सहि सदुपयोग भए रेडक्रस संग फेरि फेरि सहयोग गर्ने बताए ।

धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका विपन्न जनतालाई निशुल्क रुपमा रगत उपलब्ध गराउदै आएको बताउदै मेयर वडले एनआरएनले रगत संकलन बस हस्तान्तरण गरेर रगत संकलन कार्यमा अझै टेवा पुर्‍याउने बताए ।

बस हस्तान्तरण कार्यक्रम त्रिपक्ष सम्झौता गरिएको छ । जस अन्तर्गत बस संचालन प्रकृयाको एनआरएनलाई जानकारी गराउनु पर्ने, बसको मर्मत लगायतका कामहरु उपमहानगरपालिकाले गर्ने र बस संचालनको सम्पुर्ण जिम्मेवारी रेडक्रस कैलालीले लिने गरि सम्झौता भएको रेडक्रसका सभापति उत्तम जोशीले बताए ।

रगत संकलन बस हस्तान्तरण कार्यक्रममा रक्तदान दीपक उपाध्यायले ९६ औं पटक र रेडक्रसका उप-कोषाध्यक्ष गोबिन्द जोशीले रक्तदान गरेका थिए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

थारु भाषा, कला संस्कृति संरक्षणमा सहयोग गर्छु : आर्थिक मन्त्री चौधरीले

धनगढी, ६ चैत । थारु गीत संगीत मार्फत थारु भाषा, कला संस्कृति संरक्षणमा सहयोग पुगेको सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री घनश्याम चौधरीले बताएका छन् । बर्दगोरिया

अझै पढ्नुहोस्
समाचार

उच्च अदालत दिपायलको उत्पेषणयुक्त परमादेशलाई मानेनन् बि अध्यक्ष र्टेराले

उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ

अझै पढ्नुहोस्