एक दशक पछि फेरि गरियो परिक्षण उडान

शेयेर गर्नुहोस

धनगढी/टीकापुर विमानस्थल संचालनका लागि भन्दै नागरिक उडड्यन मन्त्रालयले गरेको पत्राचार अनुसार धेरै बर्ष देखि अलपत्र रहेको टीकापुर बिमानस्थलमा आज परिक्षण उडानको क्रममा नेपाल वायुसेवा निगमको Twin otter जहाज अबतरण भएको छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डड्ययन मन्त्रालयले टीकापुर विमानस्थल संचालन गर्न पूर्ण रुपमा तयार रहेको छ भन्दै मिति २०८१/७/१ गते पत्राचार अनुसार टिकापुर नगरपालिकाले बिमानस्थलमा सरसफाइ गरेको टिकापुर नगरपालिका प्रमुख रामलाल डगौराले जानकारी दिए ।

यो परिक्षण उडानले अब यो बिमानस्थल सन्चालन गर्न प्राबिधिक रुपमा तयार गर्न , प्लेनको नियमित उडानका लागि संघिय सरकार ,प्रदेश सरकार संग समन्वय गर्न पालिका तयार रहेको डगौराले बताए ।

२०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ मा बन्द भएको हो। विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय स्तरबाट धेरै प्रयास गरियो । अहिलेसम्म सम्भव हुन सकेको छैन। 

लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा ४ सय मुक्त कमैयाले अतिक्रमण गरे। वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट पहल हुन थालेपछि  टीकापुर नगर विकास समितिले विमानस्थलमा बसेका मुक्त कमैयालाई अन्यत्र स्थानान्तरण गर्‍यो। २०६९ सालमा मुक्त कमैयाले विमानस्थलको जग्गा छोडेका थिए।

तत्कालीन सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालन गर्ने निर्णय गर्‍यो। टीकापुरमा पनि विमानस्थल सञ्चालनका लागि पहल गर्न स्थानीय बासिन्दाले टीकाराम जैसीको संयोजकत्वमा सञ्चालक समिति गठन गरे।

स्थानीयको पहलमा अतिक्रमित जग्गा खाली गरेर सञ्चालनका लागि घेरावार र धावनमार्ग मर्मत समेत गरियो। जसमा करिब २ करोड रुपैयाँ खर्च भएको थियो।

समितिकै पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाइट’ पनि गरिएको थियो। सञ्चालक समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । तर त्यो सम्झौता कार्यान्वयनमा आउन सकेन।  पहिले जस्तै यो दोस्रो परिक्षण उडान पनि सफल नहुने होकि भन्ने स्थानीय चिन्तित रहेको स्थानीय उत्तम पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Les Sept Bouts dans Ladversité de Chance

Alterspin Casino – Das Glücksspiel für jeden Alter

Ein Rausch aus Ägypten – Der Slot Zuluspins

Spelen bij Play2Win Casino: Een Onderzoeksrapport over Online Gokken en Casino Spellen in Nederland

Buitengewone getallen en zombillion voor toekomstige berekeningen

Umfassende Einblicke in die Möglichkeiten rund um wingaga für zukunftsweisende Projekte

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

धनगढी/डिभिजन बन कार्यलय डोटिले आज जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्ष मा बैठक बसि बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ । आइतबार

अझै पढ्नुहोस्