TRENDING
Roulette with live dealer USA United States
Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați
European Roulette Online USA for Tablet: A Comprehensive Guide
Roulette Bonuses USA Legal: Everything You Need to Know
Next
Prev

उपमहानगर पालिकामा स्वतन्त्रले मार्यो बाजि , नेकपा एमालेको उपमेयर चित बुझायो

शेयेर गर्नुहोस

धनगढी/ सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको ३१ गते बाट थालनी गरिएको मतगणना (आज) आइतबार ९औँ दिन सम्पन्न भएको छ।

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जना अर्थात् ६८.४० प्रतिशतले मतदान गरेका थिए।

उपमहानगरको सबै मतगणना सकिदा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२०४८ मतको अग्रताका साथ विजयी भएका छन् । उनले जम्मा मत २६८६५ पाएका छन् ।

त्यस्तै, निवर्तमान मेयर समेत रहेका नेपाली काँग्रेस र गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप ब. ओडले भने लज्जास्पद हार व्यहोर्न बाध्य भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी हमालले लगभर दोब्बर मत ल्याउँदा उनी भने १४८१७ मत मै सीमित भएका छन् ।

यस्तै, धनगढी उपमहानगरमा एक्लै लडेको नेकपा एमाले का तर्फबाट मेयर पदका उम्मेदवार रण ब. चन्द ९११५ मत सहित तेस्रो स्थानमा समेटिएका छन् ।

धनगढी उपमहानगरको उपमेयरमा माओवादी केन्द्र तथा गठबन्धनकी साँझ उम्मेदवार शान्ति अधिकारीलाई २८०९ मत अन्तरले पराजित गर्दै मतगणना अवधिको अन्तिम दिन सम्म पछाडि रहे पनि (हिजो) शनिवार मात्रै पुनरागमन गरेकी नेकपा एमालेकी कन्द्रकला रानाले १५४७९ मत सहित जित हासिल गरेकी छन् । भने अधिकारीले १२६७० मत मात्रै प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ६६०९ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ।

२०७४ मा मेयर र उपमेयर सहित १२ वडा जितेको नेपाली काँग्रेस २०७९ मा मेयर उपमेयर गुमाएर ११ वडामा खुम्चिएको छ । भने ०७४ मा ६ वडा जितेको माओवादी २ वडामा सीमित भएको छ । त्यस्तै, २ वडा जितेको एमालेले मेयरमा हार व्यहोरेको छ, भने उप-मेयरमा जित निकाल्दै थप ६ वडामा पनि विजयी हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

जमुना न्युरे,धनगढी । कैलाली घोडाघोडी नगरपालिकाको वडा ३ र ५ मा पर्ने सामुदायिक वनमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा

अझै पढ्नुहोस्