इको क्लबका फोकल शिक्षकहरूलाई अन्तरक्रिया

शेयेर गर्नुहोस


सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा इको क्लब गठन भएका विद्यालयहरूका फोकल शिक्षकहरू सँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको आर्थिक सहयोग र घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको आयोजनामा कार्यक्रम भएको थियो । घोडाघोडी पक्षी अभयारण्य क्षेत्र संरक्षण लागी विद्यालय सचेतना कार्यक्रम अन्तरगत कार्यक्रम भएको बताइएको छ ।

जैविक विविधता र पर्यावरण संरक्षणका लागि इको क्लबलाई थप प्रभावकारी बनाउनुपर्ने कार्यक्रममा सहभागी वक्ताहरूको भनाई थियो । विद्यार्थीलाई पर्यावरण, प्राकृतिक स्रोत, साधन र यी सँगको सह–सम्बन्धबारे जानकारी गराउन र वन्यजन्तुको महत्वबारे सिकाउन सकियो भने उनीहरूमार्फत यो कुरा परिवारमा पुग्ने उनीहरूको भनाई थियो । प्रकृतिसँगको खेलबाड बढ्दै जाँदा विपद्हरू आइरहेको र विपद्सँग जुध्न क्षमता र सीप चाहिने उनीहरूले बताए ।

पृथ्वीको अवस्था खलबलिइरहेकाले यसको सुधारका लागि विद्यार्थीमार्फत समुदायलाई सचेत बनाउने अभियान निकै प्रभावकारी हुने बताइएको छ । विद्यालय पाठ्यक्रममा वातावरण संरक्षण शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको वक्ताहरूले बताए । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालका अध्यक्ष हेम बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत राम बिचारी ठाकुर रहेका थिए ।

विशिष्ट अतिथिमा वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझा,वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम रहेका थिए । कार्यक्रममा चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष डिआर चौधरी, पक्षी संरक्षण नेपालका हिरुलाल चौधरी विजयराज श्रेष्ठ लगायत फोकल शिक्षकहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

तेस्रो नेपाल बर्ड फेयर लुम्बिनीमा हुने

धनगढी/लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड

अझै पढ्नुहोस्

Обзор бонусов и условий игры в казино Vavada 2026

Бонусы и условия игры в казино Vavada 2026 Чтобы максимально эффективно использовать преимущества, которые предлагает данный ресурс, важно внимательно изучить актуальные предложения. На платформе предусмотрены

अझै पढ्नुहोस्