आगामी वर्ष डडेलधुराकाे खेल मैदान निर्माण गर्न बजेट बिनियाेज गर्ने : मन्त्री देउवा

शेयेर गर्नुहोस

डेलधुरा ।सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा डडेलधुरा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट बिनियाेजन गर्ने बताएका छन् ।
शुक्रबार डेडेल्धुरामा आयाेजित १४ओैँ राष्ट्रपति रनिङशिल्ड प्रताेगिताकाे उद्घाटन कार्यक्रममा मन्त्री देउवाले डडेलधुरामा खेलमैदान निमार्ण गर्न बजेट बिनियाेन गर्ने प्रतबद्धता ब्याक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रकाे गाैरब बढाउने काम गरेकाे स्मरण गर्दै डडेलधुरा जिल्लाले पनि खलक्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए ।
खेल क्षेत्रकाे बिकास गर्न सुबिधा सम्मन्न खेलमैदान आवश्यक हुने भएकाेले आगामी आर्थिक वर्ष डडेलधुरामा खेल मैदान निर्माण गर्ने प्रर्देश सरकारकाे तर्फबाट मन्त्री देउवाले प्रतिबद्धता ब्याक्त गरे ।


उनले खेल जगतका बिभिन्न आयामलाई उर्बर बनाउन बिद्यालय क्षेत्रबाटै शुरु राष्ट्रपतिको नामबाट रहेक बर्ष संचालन हुने रनिङशिल्ड प्रतियोगिता निकै महत्वपूर्ण रहेकाे बताए ।प्रदेश सरकारले पनि खेलकुदमा बजेट बिनियोजन गरि वर्ष भरी नै खेलाडीले खेल खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय स्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनिति नै लिएको समेत मन्त्री देउवाले बताए ।


उने भने ,”अब प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न अगाडी बढी रहेको छ ,हामीले बिद्यालय स्तरमा होस् या जिल्ला स्तरमा व्यावस्थित खेल संरचना निर्माण गर्न कार्य शुरु गरेका छौं । “राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, वैदेशिक लगानी भित्राउन मदत पुग्ने , रोजगारी सिर्जना गर्न, सामाजिक एकता र समृद्धीको आधारशिला तय गर्न खेलकुदकाे महत्व रहेकाे उनकाे भनाई छ ।


मन्त्री देउवाले खेलकुदले अन्तरिक पर्यटनमा टेवा पुर्याउने हुँदा प्रदेश सरकारले आयोजना गर्न लागि रहेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रका परियोजनालाई महत्व दिएकाे बताए । कार्यक्रममा बाेल्दै मन्त्री देउवाले भने ,”राष्ट्रिय क्रिकेटलाई टिममा धेरै खेलाडी सुदूरपश्चिम प्रदेशका रहेका छन् ,
एउटा खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै देशको नाम चिनाउन ठुलो भुमिकाम खेल्ने गर्दछ । त्यसको मुल जड नै विद्यालय क्षेत्र भएका कारण पनि यहाँले खेलखेल्दा सभ्य र अनुशासित हुन जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार

अझै पढ्नुहोस्
समाचार

कैलालीमा विधुतिय पासोबाट वन्यजन्तुको चोरी सिकारी

जमुना न्युरे,चौमला/कैलालीमा बिधुतिय पासोबाट बन्यजन्तुको चोरी सिकारी बढेको पाइएको छ । कैलालीको गौरिगंगा नगरपालिकामा पर्ने बनहरुमा बिधुतिय पासो हालेर बन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ

अझै पढ्नुहोस्
राजनीति

टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सेती प्रादेशिक अस्पतालमा बन्यो १ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट

धनगढी,११ माघ/ सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। गैरआवासीय नेपाली सङ्घले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो। स्वास्थय तथा जनसंख्या मन्त्रालय काठमाडौंको सहकार्यमा गैरआवासीय

अझै पढ्नुहोस्