अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

शेयेर गर्नुहोस

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको उपचारको लागी लेट मेइन धनगढी प्राइभेट लिमिटेड नामक संस्थाले अस्पताल निर्माण गर्ने भन्दै चर्च निर्माण गरिएको छ ।

आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराइएको भन्दा विद्यार्थी सङ्गठन र सामाजिक अभियान्ताहरुले कडा विरोध जनाउँदै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानासँग कारबाहीको माग गरेका हुन् । कारबाहीको माग गर्दै सामाजिक अभियन्ता सूर्य प्रकाश भट्टले प्रमाण हँुदाहँुदै पनि धनगढी उपमहानगरपालिका, जिल्ला प्रशासन कैलाली मुख दर्शक भएर बसेको बताए । उनले भने “गरिब, बालबालिकालाई पैसाको प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन लगाइएको छ, गाईको हत्या गरिएको छ , तत्काल कारबाही गर्नु प¥यो” ।

विद्यार्थी नेता कुबेर खड्काले धार्मिक द्धन्द फैलाउने षड्यन्त्र गर्ने षड्यन्त्रकारीलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना कानुन विपरीत जानेलाई आवश्यक कारबाही गर्ने बताइन् । जग्गाधनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि लिजमा लिइएको साढे चार कट्ठा जग्गामा लेट मेइन धनगढी प्रा.ली.ले चर्च निर्माण गरेको छ । सुरुमा सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिइएको भए पनि, नेपाल लाइफ वर्ड मिसनले भवन निर्माणको काम करिब ९ महिनामा सिद्ध्याएर असार १५ गतेदेखि चर्च सञ्चालनमा ल्याएको छ ।

चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिक समेत संलग्न रहेको पाइएको छ । गत असार १५ गतेदेखि सञ्चालनमा ल्याएको चर्चले युवा तथा बालबालिकाहरूलाई आर्थिक प्रलोभन देखाई क्रिश्चियन धर्म प्रति आकर्षित गर्दै आएको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशस्तरिय दुई दिने मानवअधिकार रक्षक सम्मेलन सप्पन्न

जमुना न्युरे,धनगढी/ कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरिय दुई दिने मानवअधिकार रक्षक सम्मेलन सप्पन्न भएको छ ।मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनसिंहपुर प्रवासी युवा समितिद्वारा स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

धनसरा बुढा,टीकापुर/धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरेकाे छ । मंगलबार कैलालीको टीकापुर ८ का प्रवासी युवाहरुकाे आर्थिक सहयाेगमा खरिद गरिएको एम्बुलेन्स

अझै पढ्नुहोस्
समाचार

श्रीलंकामा स्वास्थ्य सेवा सुरु, पहिलाे दिन १२ जनाले सेवा लिए

एल बी बुढा,टीकापुर/कैलालीको श्रीलंकामा बुधबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ ।टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका स्थित श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा नगरपालिकाले बुधबार देखि स्वास्थ्यकर्मी

अझै पढ्नुहोस्
अन्तरास्ट्रिय

तिकुनियां र गाैरिफन्टामा सामान किनमेल गर्न जान राेक

टीकापुर/जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कैलालीले किनमेल गर्न भारतकाे तिकुनियां र गाैरीफन्टा जान राेक लगाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कैलालीले किनमेल गर्न

अझै पढ्नुहोस्