अतिक्रमण हटाएको आठ महिनामै वन हराभरा

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी / कैलालीको चुरे गाउँपालिका–४ स्थित टाँकगडा र पनेरुगडा वन दुई वर्षअघिसम्म अतिक्रमणको चपेटामा थियो । ती दुवै वनको एक सय ५ हेक्टर क्षेत्रफल अतिक्रमणकारीको कब्जामा थियो । उक्त अतिक्रमित जग्गामा चार सय ८५ घर टहरा निर्माण गरिएका थिए ।

उक्त जग्गामा खनजोत गरी बालिनाली समेत लगाइएको थियो । टाकँगडा र पनेरुगडामा दुई विद्यालय निर्माण गरिएका थिए । तर डिभिजन वन कार्यालय धनगढीको सक्रियतामा २०७९ जेठमा सबै घर टहरा हटाइए । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षकसहितको टोलीले दुवै वनमा गरिएको अतिक्रमण हटाएको थियो ।

टाँकगडा र पनेरुगडामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । आमपानी, सैन र सिउती गाउँका बासिन्दाले वन अतिक्रमण गरेका थिए । तर अतिक्रमण हटाएपछि भने हाल हरियाली छाएको छ । वन हरिया रुख विरुवाले ढकमक्क भएको छ । अहिले जताजतै हरियाली नै हरियाली देखिन्छ ।

वन दिनप्रतिदिन रुखले भरिँदै गएको डिभिजन वन कार्यालय खैरालाका प्रमुख मनोज ढकालले बताए । खासमा ती दुवै वनमा राजनीतिक दलको संरक्षणमा अतिक्रमण गरिएको थियो । वनमा रहेका वाँकी घर टहरा पनि चाँडै हटाइने ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

जलपन्छी गणना आज देखि सुरु घोडाघोडि तालमा

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, /तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि नेपाल पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी )

अझै पढ्नुहोस्
Highlights

टीकापुरमा बाढी ग्रस्त हुलाकी सडक शुक्रबारदेखि संचालनमा

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको सडक शुक्रबारदेखि संचालनमा आएको छ । टीकापुर नगरपालिकाले चार वटा स्काइभेटर लगाए

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु

सुखड/कैलालीको घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु हुने भएको छ । यही जेठ १३ देखी २६ गते सम्म आई

अझै पढ्नुहोस्
समाचार

पुस १५ मा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

माेहित श्रीपाइली-टीकापुर/ नेपाल सरकारले पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । विहिबार तमु ल्हाेसार पर्व परेकोले नेपाल सरकारले पुस १५ गते सार्वजनिक

अझै पढ्नुहोस्