अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु १४ घाइते

शेयेर गर्नुहोस

कैलाली / जिल्लाको पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते पनि भएका छन् ।
मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ। घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन्।

उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति

अझै पढ्नुहोस्

ставки на спорт вавада

ставки на спорт вавада Ставки на спорт становятся все более популярными в современном обществе. Множество людей ищут способы сделать свои спортивные увлечения более захватывающими и

अझै पढ्नुहोस्